Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश–१ ले पुलिसलाई दियो १०३ रनको लक्ष्य

काठमाडौं । ललितनारायण राजवंशीले ५ विटेक लिएपछि जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसविरूद्द प्रदेश १ टिम १०२ रनमै समेटिएको छ ।

१० ओभर बलिङ गरेका ललितले तीन मेडन राख्दै २६ रनमात्र खर्चिए । सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा राशिद खानले एक विकेट हात पारे ।

प्रदेश–१ का ओपनर निरज मुखियाले सबैभन्दा धेरै २९ रन बनाए । अर्का ओपनर अकिंत सुवेदीले २४ रन र विवेक आनन्द मेहताले १७ रन बनाउँनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

५६ रन जोड्दा पहिलो विकेट गुमाएको प्रदेश–१ बाट त्यसपछिका नौ ब्याट्सम्यानले टिमको खातामा ४६ रनमात्र जोड्न सके ।

समूह बी अन्तर्गत पहिलो खेलमा बागमतीमाथि १९२ रनको शानदार जित निकालेको नेपाल पुलिस टिम लगातार दोस्रो जितका लागि जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077