Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदेश–१ ले पुलिसलाई दियो १०३ रनको लक्ष्य

    प्रदेश–१ ले पुलिसलाई दियो १०३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 618
    SHARES

    काठमाडौं । ललितनारायण राजवंशीले ५ विटेक लिएपछि जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसविरूद्द प्रदेश १ टिम १०२ रनमै समेटिएको छ ।

    १० ओभर बलिङ गरेका ललितले तीन मेडन राख्दै २६ रनमात्र खर्चिए । सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा राशिद खानले एक विकेट हात पारे ।



    प्रदेश–१ का ओपनर निरज मुखियाले सबैभन्दा धेरै २९ रन बनाए । अर्का ओपनर अकिंत सुवेदीले २४ रन र विवेक आनन्द मेहताले १७ रन बनाउँनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



    ५६ रन जोड्दा पहिलो विकेट गुमाएको प्रदेश–१ बाट त्यसपछिका नौ ब्याट्सम्यानले टिमको खातामा ४६ रनमात्र जोड्न सके ।

    समूह बी अन्तर्गत पहिलो खेलमा बागमतीमाथि १९२ रनको शानदार जित निकालेको नेपाल पुलिस टिम लगातार दोस्रो जितका लागि जवाफी ब्याटिङ गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार