Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेटको उपाधिको लागि पुलिस र आर्मी खेल्दै

    प्रधानमन्त्री कप क्रिकेटको उपाधिको लागि पुलिस र आर्मी खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

    बिहान सवा ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्न लागेका हुन् ।



    पुलिस अपराजित रहँदै फाइनलमा पुगेको टिम हो । पुलिसले लिगका सबै नौ खेल जितेको छ । आर्मी नौ खेलमध्ये सातमा जित र दुईमा हार व्यहोर्दै फाइनलमा आइपुगेको टिम हो ।



    प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार