Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीको घोषणात्र : युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा एकीकृत समाजवादीले विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ ।

नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ ।

घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।

यस्तै, समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घरघरमा बिजुली, जनजनमा सेयरमा निती लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077