Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रदेश–१ लाई सात विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दाेस्राे जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायाे ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएकाे १ सय ३ रनकाे सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायाे ।

उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदाेश अनसारी र सिद्धान्त लाेहनीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायाे । उसका निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाए । बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

याे जितसँगै समूह बी मा रहेकाे पुलिस २ खेलमा ४ अङ्क जाेड्दै शीर्ष स्थानमा छ ।

पुलिसले यसअघि आइतबार भएको पहिलो खेलमा वागमती प्रदेशमाथि १९२ रनको जित रचेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077