Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

    प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । प्रदेश–१ लाई सात विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

    लगातार दाेस्राे जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायाे ।



    मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएकाे १ सय ३ रनकाे सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायाे ।



    उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदाेश अनसारी र सिद्धान्त लाेहनीले १/१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायाे । उसका निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाए । बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

    याे जितसँगै समूह बी मा रहेकाे पुलिस २ खेलमा ४ अङ्क जाेड्दै शीर्ष स्थानमा छ ।

    पुलिसले यसअघि आइतबार भएको पहिलो खेलमा वागमती प्रदेशमाथि १९२ रनको जित रचेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार