Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

छुरा हानेर बालकको हत्या गरेको आरोपमा पाँचजना पक्राउ

विराटनगर । छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी-६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी-६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी -७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी-६ का मन्जिल माझी र उर्लाबारी-६ कै १७ वर्षिय विकास तामाङ रहेका छन् ।

गत वर्षको छठ पर्वमा उनीहरूबीच भनाभन भएको रिसमा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार राति झापा दमक नगरपालिका-१० का १४ वर्षीय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जानेक्रममा छुरा प्रहार गरी घाइते बनाइएको थियो।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्‍याइएको थियो। सो अस्पतालमा उपचार हुन नसकेपछि विर्तामोडस्थित वि एण्ड सि अस्पताल रेफर गरिएको श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो।

घटनापछि पाँचै जना नै फरार बनेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077