Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा सबै विकेट गुमाउनुअघि १३९ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न विपिन कार्कीले चार विकेट लिए । अभिषेक बस्नेत र सुवास भन्डारीले समान दुई विकेट लिँदा अमृत गुरुङले एक विकेट लिए ।

सुदूरपश्चिमका मिलन बोहराले ५१ रन बनाए । गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीका ओपनर अर्जुन कुमालले ६३ रन बनाएका थिए । समिर कँडेलले २६ रन बनाउँदा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन थपे । सन्दीप क्षेत्रीले १९, कप्तान विपिन खत्रीले १३ र कमल परियारले १२ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077