Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग, बैंक खातामा ६५ हजार रुपैयाँ मात्र !

काठमाडौँ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईजी एसिया बैङ्कमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैङ्क खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताए ।

जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैङ्क खाता र जग्गा रोक्का गर्ने चलन रहेको छ।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौँ जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ ।

सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077