Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दुर्घटना गराउने कारबारे सूचना दिनेलाई २५ हजार पुरस्कार !

रुपन्देही । आज बिहान तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कारका बारेमा जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कारको दिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको सूचनामा कारका बारेमा जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गरेको हो । कारको खोजीमा सहयोग पु¥याउन रुपन्देही प्रहरीले अपिल गरेको छ । दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन ।

आज बिहान पौने ६ बजे ओमसतिया गाउँपालिका–४ पननीमा तीनजनाको मृत्यु भएको थियो। ठक्कर दिने सवारीसाधन आकासे रङ्गको रहेको, अगाडि बम्परको भागमा रातो रङ्गको स्टिकरको गोलाकारभित्र ताराको चित्र रहेको, सानो सवारीसाधन भएको घटनास्थलमा फेला परेको गाडीको केही पार्टपुर्जाबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ठक्कर दिने कार भैरहवाबाट परासीतर्फ गइरहेको थियो । दुर्घटनापश्चात् सो कार फेरि भैरहवातर्फ नै फर्केका प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । साथै सूचना दिने ब्यक्तिको विवरण गोप्य राखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077