Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मास्टर जब प्रालिमा वैदेशिक रोजगार विभागको छापा, कागजपत्र नियन्त्रणमा

    मास्टर जब प्रालिमा वैदेशिक रोजगार विभागको छापा, कागजपत्र नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 900
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा छापा मारेको छ ।

    कम्पनीले कामदार मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको हो ।



    छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागले जनाएको छ । टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता र ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो ।



    सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता र ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।

    विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार