Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी-२० विश्वकप : श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायाे

    टी-२० विश्वकप : श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायाे

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 669
    SHARES

    काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत श्रीलंकाले अफगानिस्तानले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

    अफगानिस्तानले दिएको १४५ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।



    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।



    यो जितपछि श्रीलंकाले ४ खेलमा ४ अंक हासिल गरेको छ भने सुपर १२ को समुह १ मा तेस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै अफगानिस्तानको भने ४ खेलमा २ अंक मात्र छ र अफगानिस्तानको सेमिफाइनलको सम्भावना सकिएको छ ।

    अफगानिस्तानले सुपर १२ मा खेलेका ४ खेल मध्ये २ खेलमा हार बेहोरेको छ भने २ खेल बर्षाले रद्ध भएका थिए ।

    अब अफगानिस्तानले यस विश्वकपमा आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग आगामी शुक्रबार खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार