Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतले स्वीकृत गर्‍यो विश्व कप खेल्ने पाकिस्तानी टोलीको भिसा

    भारतले स्वीकृत गर्‍यो विश्व कप खेल्ने पाकिस्तानी टोलीको भिसा

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । भारतले विश्वकप खेल्ने पाकिस्तानी टोलीको भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको हो ।

    यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।



    टोली आज बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।



    विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार