Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ५६ अंकले बढ्यो,कारोबार रकममा पनि सुधार

काठमाण्डाै । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ ।

साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।

आज ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा २७ हजार ९ सय ३२ पटकको कारोबारमा भएको थियो।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिर्भसल पावर कम्पनीमा ९ प्रतिशतको सर्किट लागेको छ ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077