Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिम १० विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशले २७ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

जारी प्रतियोगितामा समूह 'ए'मा एपीएफको लगातार दोस्रो जित हो भने सुदूरपश्चिमको लगातार दोस्रो हार हो।

यसअघिको खेलमा एपीएफले आर्मीलाई ५६ रनले हराएको थियो भने सुदूरपश्चिम गण्डकी प्रदेशसँग ६९ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077