Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • एमालेको घोषणापत्र : यस्ता छन् ग्यारेन्टीसहितका २० लोकप्रिय कार्यक्रम

    एमालेको घोषणापत्र : यस्ता छन् ग्यारेन्टीसहितका २० लोकप्रिय कार्यक्रम

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 876
    SHARES

    काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

    आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।



    एमाले विगतका प्रतिबद्धता पूरा भएनन् भन्ने प्रश्न उठेको भन्दै आगामी निर्वाचन जितेपछि गर्ने २० कामको ग्यारेन्टी गरेको छ ।



    घोषणापत्रमा एमालेले चार वटा संकल्प पनि समावेश गरेको छ । चार संकल्पमा सुशासन, विकास, समृद्धि र समानता रहेका छन् ।

    एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार