Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • झिनाे अंकले बढ्यो शेयरबजार, कारोबार रकम १ अर्ब ४६ करोड

    झिनाे अंकले बढ्यो शेयरबजार, कारोबार रकम १ अर्ब ४६ करोड

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 798
    SHARES

    फाइल फोटो

    काठमाडौँ । शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । आज सेयर बजार परिसूचक ७.३२ अंकले बढेको हो।

    अघिल्लो दिनको कारोबारमा ५६ अंकले बढेको बजार बुधबार तीव्र उतारद्बढावकाबीच अन्त्यमा सकारात्मक हुन पुगेको थियो ‍। ७.३२ ले बढ्दा समग्र बजार परिसूचक १९३८.३० मा उक्लिएको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.७९ बढेर ३८२.९४ मा उक्लिएको छ ।



    बजारसँगै कारोबार रकममा पनि बढ्त्तरी भएको छ। आज १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।



    यस्तै ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर २९ हजार ४७ पटकमा खरिद बिक्री भएको थियो । अघिल्लो दिन १ अर्ब २९ करोडको सेयर खरिद बिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार