Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयरबजार दोहोरो अंकले बढ्यो, पाँच अर्ब नाघ्याे कारोबार रकम

    शेयरबजार दोहोरो अंकले बढ्यो, पाँच अर्ब नाघ्याे कारोबार रकम

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा आइपुग्यो। आइतबार बजारमा ६२ अंकको वृद्धि देखिएको थियो।

    आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको शेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ ।



    यसदिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिद बिक्री भइ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।



    सोमबार शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । एकैदिन ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार