Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • आचारसंहिता उल्लंघन गरेको भन्दै वडाध्यक्ष मुकुन्दलाई पाँच हजार जरिवाना

    आचारसंहिता उल्लंघन गरेको भन्दै वडाध्यक्ष मुकुन्दलाई पाँच हजार जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनको भन्दै काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

    काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।



    आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो ।



    वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो । आचारसंहिता उल्लंघनको गर्नेलाई जरिवाना गरेको पछिल्लो समय यो नै पहिलो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार