Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजबाट आचारसंहिता लागु

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजबाट आचारसंहिता लागु

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 432
    SHARES

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता, २०७९ जारी भएको हो ।

    आयोगको २०७९ माघ १६ गतेको निर्णयानुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।



    “दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी र अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारीलाई लागु हुनेछ ।

    यस्तै राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुने आयोगले जनाएको छ ।

    आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

    राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार