Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति चुनावको मतदान सकियो, मतगणना ४ बजेदेखि

    राष्ट्रपति चुनावको मतदान सकियो, मतगणना ४ बजेदेखि

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 435
    SHARES

    काठमाडौं । राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो।



    राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ।



    राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने आयोगको तयारी छ ।

    आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन्। संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुनेछ।

    निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। ​प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार