Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

    राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 531
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ।

    रास्वपा कार्यालय बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो ।



    मतदान जारी रहेका बेला बसेको बैठकले पौडेललाई मत दिने निर्णय गरेको रास्वपाले जनाएको छ । पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक गरेको छैन।



    रास्वपा उपसभापति डिपी अर्यालले पार्टीका सबै सांसदले एकै उम्मेदवारलाई मत दिने निर्णय गरेको तर आचार संहिताका कारण सार्वजनिक रूपमा भन्न नमिल्ने बताए। रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार