Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनमा खस्यो ८३१ मत

    राष्ट्रपति निर्वाचनमा खस्यो ८३१ मत

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको हो ।

    संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो। संघतर्फ २१ मत र प्रदेशतर्फ ३२ मत खसेन।



    यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।



    यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार