Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनको मतगणना सुरु

    राष्ट्रपति निर्वाचनको मतगणना सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 570
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ । नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।

    बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको थियो। राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा रहेका छन् ।



    निर्वाचनमा कुल ८३१ मत खसेको थियो । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।



    यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

    मत पेटिका खन्याएर गन्न थालिएकाले अबको केहीबेरमै नतिजा आउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार