Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फरार अभियुक्त सांसद कोइरी सहित संघीय संसदका १७ सांसद मतदानमा अनुपस्थित

    फरार अभियुक्त सांसद कोइरी सहित संघीय संसदका १७ सांसद मतदानमा अनुपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 768
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनमा अनुपस्थित भएका छन् ।

    निर्वाचन आयोगले तयार पारेको मतदाता सूचीमा नाम रहेका उनले एमाले सांसदहरूलाई भने स्वास्थ्य ठिक नभएको कारण दिएको बताइएको छ ।



    प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ६९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरेका छन् ।



    राप्रपा र नेमकिपाले घोषित रुपमै चुनावमा भाग लिएनन् । उता कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले उनले पनि मतदान गरेनन् ।

    राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।

    राष्ट्रपतिका लागि बिहीबार मतदान सकिएको छ । मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार