Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • असई थमन हत्या अभियोगमा सफाइ पाएका सांसद महतोलाई २१ किलोको माला

    असई थमन हत्या अभियोगमा सफाइ पाएका सांसद महतोलाई २१ किलोको माला

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 2.3K
    SHARES

    महोत्तरी । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत गरिएको छ ।

    सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका महतोलाई नेपाल कुशवाहा कल्याण समाजले सम्मान गरेको हो । महतोको निवास निगौलमा सम्मान गरिएको थियो ।



    समाजका जिल्ला अध्यक्ष विजयकुमार महतोले सांसद महतोलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।



    जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रियरूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता व्यक्त गरे ।

    ०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सोही वर्ष फागुन २७ गते जिल्ला अदालत महोतरीमा कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

    सांसद कोइरीसहित पवन कापरले अदालतबाट सफाइ पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ । बाँकी १६ जना भने अझै फरार रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार