Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हत्या अभियोगमा सफाइ पाएपछि सांसद कोइरीको निलम्बन फुकुवा

    हत्या अभियोगमा सफाइ पाएपछि सांसद कोइरीको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 480
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ ।

    सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।



    सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो ।



    त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो ।

    त्यो मुद्दामा जिल्ला अदालतले पुस ४ गते सांसद कोइरीलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

    उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार