Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले सांसद कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशित

    एमाले सांसद कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशित

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 870
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन भएको जानकारी सूचना प्रकाशित गरेका छन् ।

    हत्या अभियोगमा कोइरी फरार अभियुक्त रहेको भन्ने व्यहोराको प्रहरीको पत्र सभामुखसमक्ष पुगेपछि मंगलवार कोइरीलाई निलम्बन गरिएको हो ।



    प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएकाले सभामुखले सूचना प्रकाशित गरेर उनी निलम्बनमा परेको जानकारी गराए ।



    मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

    विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

    फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार