Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, आज दीपेन्द्रले कप्तानी गर्ने

    वेस्टइन्डिजविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, आज दीपेन्द्रले कप्तानी गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 381
    SHARES

    काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।



    नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।



    आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएको छ ।  पाँच खेलको सिरिज १/१ को बराबरीमा छ ।

    खेलमा नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरेको छ। आजको टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।

    अघिल्लो खेल खेलेका रोहित पौडेल, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिरिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार