Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • मेयर बालेन भन्छन् – जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन हुँदैन

    मेयर बालेन भन्छन् – जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 903
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताएका छन् ।

    बुधवार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो बताएका हुन् ।



    उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताए । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको भनाई छ ।



    मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार