Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।

लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो ।

पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट आउट ४३ रन बनाए ।

जितका लागि पाएको १८९ रनको लक्ष्य नेपाल पुलिसले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका कप्तानले ४३ रन बनाउने क्रममा ६० बलमा ४ चौका हाने ।

लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक २ विकेट लिए । समूह बीमा लगातार तीन जित निकालेको पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077