Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

    पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 672
    SHARES

    काठमाडौं । इफ्तिखर अहमेद र सद्दाब खानको अर्धशतकप्रेरित पाकिस्तानले मा बिहीबार दक्षिण अफ्रिकासामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८५ रन बनायो ।



    आक्रामक रूपमा प्रस्तुत भएका सद्दाबले २२ बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए । इफ्तिखर अहमेदले ३५ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन जोडे । मोहम्मद हरिस र मोहम्मद नवाजले समान २८ रनको योगदान गरे ।



    दक्षिण अफ्रिकाका एनरिक नोट्जेले चार विकेट लिए । वायन पर्नेल, कगिसो रबाडा, लुङी एनगिडी र तबरेज साम्सीले समान एक विकेट लिए ।

    सेमिफाइनल सम्भावना कायम राख्न आज दुवै टिमलाई जित्नैपर्ने दबाब छ । समूह अन्तर्गत दक्षिण अफ्रिका ३ खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा छ ।

    आजको खेल हारेमा पाकिस्तान टी-२० विश्वकप बाट बाहिरिनेछ । यस खेलमा जीत निकाल्न सके र अन्तिम खेलमा बंगलादेशलाई हराए पाकिस्तान सेमिफाइनल पुग्ने अंक गणितीय सम्भावना रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार