Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशको विजयी सुरुआत

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले प्रदेश–१ लाई ७२ रनले पराजित गर्‍याे ।

मधेसले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले ४३.१ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।

समूह 'बी' मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077