Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशको विजयी सुरुआत

    प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशको विजयी सुरुआत

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ ।

    बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले प्रदेश–१ लाई ७२ रनले पराजित गर्‍याे ।



    मधेसले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले ४३.१ ओभरमा सबै विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।



    उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/दुई विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।

    समूह ‘बी’ मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार