Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं । नेपालले बंगलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित हात पारेको छ ।

बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले पराजित गरेको हो । नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् ।

यस्तै सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गरेकी हुन् । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो ।

समान तीन अंक बनाएको आयोजक बंगलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077