Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजनीतिक स्थिरता र आर्थिक विकासका लागि गठबन्धन आवश्यक छ : नेता सिंह

    राजनीतिक स्थिरता र आर्थिक विकासका लागि गठबन्धन आवश्यक छ : नेता सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 741
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्।

    काठमाडौंमा शुक्रबार बिहान भएको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।



    काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका सिंहले मंसिर ४ को चुनावमा गठबन्धनलाई मत दिनुपर्ने बताए।



    उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरे।

    उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’

    संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार