Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अस्ट्रेलियाले अफगानिस्तानलाई दियो १६९ रनको लक्ष्य

    अस्ट्रेलियाले अफगानिस्तानलाई दियो १६९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 561
    SHARES

    काठमाडौं । आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत आयोजक अस्ट्रेलियाले अफगानिस्तानसामू १ सय ६९ रनको लक्ष्य दिएको छ ।

    एडिलेडमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोड्यो ।



    अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रन जोडे । मिचेल मार्सले ४५ रनको योगदान गरे ।



    अफगानिस्तानका लागि नविन उल हकले समान तीन तथा फजलहक फारुकीले दुई विकेट लिए ।

    सेमिफाइनल यात्राका लागि अस्ट्रेलियाले यो खेल जित्ने पर्ने दबाबमा रहेको छ भने अफगानिस्तान भने विश्वकपबाट बाहिरिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार