Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल आए

काठमाडौं । पछिल्लो १० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो। यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए।

सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए।

त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

कोभिड(१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए।

तर, सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म 'रिकभर' हुने अपेक्षा गरिएको र सोअनुसार पर्यटक आगमन भइरहेको बताए। उनले यही दरमा पर्यटक भित्रिए यो वर्ष छ लाखभन्दा बढी पर्यटक आउने बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077