Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेल छाडेर भागेका कैदीहरूलाई रुसले युक्रेन युद्धमा सहभागी गराउने

एजेन्सी । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको छ ।

राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूका युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेका हुन् ।

विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बताइएको छ ।

युक्रेनमा विभिन्न अपराधमा संलग्न भएर सजाय भागिसकेकालाई पनि राज्यले दिने विभिन्न सेवा सुविधाबाट वञ्चित गराइएको छ । यसैबीच युक्रेनमा आक्रमणमा क्रमम रुसी सैनिकले अपराध गरेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077