Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यु–१५ महिला च्याम्पियनसिप : नेपाल र बङ्लादेश खेल्दै

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ।

नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
आयोजक बङ्लादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

आफ्नो पहिलो खेलमा नेपाल र बङ्लादेश दुवैले भुटानलाई हराएका थिए । बिहीवार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्लादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।

नेपाल ३ अङ्क जोडेर दोस्रो स्थानमा छ । बङ्लादेश ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077