Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार दिने गरेको अमेरिकाको दाबी

    उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार दिने गरेको अमेरिकाको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 825
    SHARES

    एजेन्सी । उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ ।

    उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।



    ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए ।



    अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार