Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मङ्सिर ४ को निर्वाचनपछि पनि सत्ता गठबन्धनकै सरकार बन्छ : शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।

नवलपुरको रजहरमा आज बाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए ।

कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै मङ्सिर ४ गतेपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

नवलपुर क्षेत्र नं १ बाट चौथोपटक निर्वाचनमा होमिएका कोइरालाले अबको नवलपुरमा महत्वपूर्ण योजनाहरु सञ्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रका रुपमा विकास गरिनेसमेत बताए ।

कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछि विकासको लहर आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077