Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सेमिफाइनलमा पुग्न पाकिस्तानलाई १२८ रनको लक्ष्य

    सेमिफाइनलमा पुग्न पाकिस्तानलाई १२८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 714
    SHARES

    काठमाडौं । फास्ट बलर साहिन साह अफ्रिदीको उत्कृष्ट बलिङ गरेपछि आइतबार बंगलादेशलाई १२७ रनमै रोकेको पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल प्रवेशका लागि १२८ रनको लक्ष्य पाएको छ ।

    प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन समूह–२ का दुवै टिम आज जित्नै पर्ने दबाबमा छन् ।



    समूह दुई अन्तर्गत एडिलेडमा जारी खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेपछि जितका लागि पाकिस्तानले रनको लक्ष्य पाएको हो ।



    बंगलादेशका लागि नजमुल हुसेनले सर्वाधिक ५४ रनको योगदान गर्दा सोम्या सरकारले २० जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे । सदाब खानले २ विकेट लिए ।

    यस समूहबाट भारत ६ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानको भने ४ खेलमा समान ४ अंक रहेको छ ।

    आइतबार नै भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि दक्षिण अफ्रिका नाटकीय रुपमा समूह चरणबाटै बाहिरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार