Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी-२० विश्व कप : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

    टी-२० विश्व कप : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 816
    SHARES

    काठमाडौं । पूर्व विजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ।

    सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो।



    बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।



    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।

    पाकिस्तान यो जितसहित समुह २ बाट विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    पाकिस्तानको ५ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ ।

    अब समुह २ मा आज हुने भारत र जिम्बाबेको खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार