Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै,सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट अबैध लागूऔषध हेरोइन करिब ३ ग्राम ४४ मिलिग्रामसहित सोही नगरपालिका-१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइन सहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो।

यसैगरी,बाँकेको खजुरा गाउँपालिका-७ बठवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित सोही गाउँपालिका-४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका-७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077