Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतले दियो जिम्बाबेलाई १८७ रनको लक्ष्य

    भारतले दियो जिम्बाबेलाई १८७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 696
    SHARES

    काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ ।

    मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो ।



    भारतका लागि सूर्यकुमार यादवले २५ बलमा अविजित ६१ रन बनाएका थिए भने केएल राहुलले ३५ बलमा ५१ रन बनाए ।



    त्यसैगरी विराट कोहलीले २६ रन बनाए भने कप्तान रोहित शर्माले १५ र ऋषव पन्तले ३ रन बनाए । त्यसैगरी हार्दिक पाण्डेयले  १८ रन बनाएका थिए ।

    त्यसैगरी जिम्बाबेका बलर सीन विलियम्सले २ विकेट लिए भने सिकन्दर राजा, ब्लेसिंग मुजाराबानी र रिचार्ड एन्गाराभाले एक एक विकेट लिएका थिए ।

    समुह २ बाट भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने यो खेलको जितले समुहमा प्रथम स्थान हासिल गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार