Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनकाे मूल्य ताेलामा दुईसय रुपैयाँले घट्याे, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुईसय रुपैयाँले घटेको छ ।

गत कारोबार दिन आइतबार तोलामा ९४ हजार पाँचसय रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।

आइतबार तोलामा १ हजार २७५ मा कारोबार भएको चाँदी आज १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077