Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश

खोटाङ । खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन्।

दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन्।

आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए।

पार्टी परित्यागको घोषणा गरेको केही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077