Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ ।

उसले समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशलाई पाँच विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।१५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ४१ रनको योगदान दिए ।

अविजित रहेका शेर मल्लले ३४ र कप्तान राजु रिजालले २४ रन जोड्दा टेक रावलले १८ रन बनाए । कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले तीन तथा दिवान पुनले दुई विकेट हात पारे ।

सुदूरपश्चिमका लागि नारायण जोशीले चार, हेमन्त धामीले तीन,गजेन्द्र बोहराले दुई तथा मिलन बोहराले एक विकेट हात पारे ।

जितसँगै चार खेलमा २ अंक जोडेको सुदूरपश्चिम चौथो स्थानमा रहँदा लगातार तेस्रो पराजय बेहोरेको कर्णाली विना अंक पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077