Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सत्ता गठबन्धनको सरकार नीतिगत भ्रष्टचारमा लिप्त छ : केपी ओली

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउन एमाले सरकार आवश्यक रहेको बताएका छन्।

एमाले बागलुङले जिल्लाको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालको गुमेको भूमि फिर्ता गर्न एमाले सरकारले मात्र सक्ने भएकाले एमालेलाई विजयी गराउनुपर्ने बताए।

दार्चुलामा पुगेर आफूले गुमेको भूमि फिर्ता गर्ने बताउँदा प्रधानमन्त्रीले बन्दुक लगेर सीमामा जानु भन्ने भाषण गरेको कुरा उठाउँदै गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने नै भुलेको उनको भनाइ छ।

एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने बताएका छन्। उनले राष्ट्र जोगाउनेलाई जिताउने वा भागबण्डामा रमाउनेलाई जिताउने त्यो जनताको हातमा रहेको बताए।

ओलीले भने,'एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँ जनताका समस्या एमालेले मात्र बुझेको छ।'

अहिलेको सरकार नीतिगत भ्रष्टचारमा लिप्त भएको उनले आरोप लगाए। अध्यक्ष ओलीले सरकारले कार्यकर्ता पाल्ने गरी बजेट र कार्यक्रम नै नभएको ठाउँमा पैसा खर्च गरिरहेको बताए।

जनताको दुःख, सुख सोही स्थानको नेतालाई मात्र थाहा हुने बताउँदै टुरिष्ट उम्मेदवारलाई सम्मान गर्न र स्थानीय उम्मेदवारलाई जिताउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077